पेट्रोलिय पदार्थ बोक्ने नेपाली ट्यांकरलाई भारतीय प्रहरीद्वारा रोक



वीरगन्ज : पेट्रोलिय पदार्थ बोक्ने नेपाली ट्यांकरलाई भारतीय प्रहरीले रोक लगाएको छ । वीरगन्जबाट करिब ४० वटा खाली ट्याक्टर पेट्रोल र डिजल लिन भारतको आईओसीको डिपोमा गईरहेको अवस्थामा सिमामै भारतीय कष्टममा तनाथ भारतीय एसएसपीका जवानले प्रवेशमा रोक लगाएका हुन् ।

पेट्रोलिय पदार्थ भर्न गएका खाली ट्यांकरहरु भारतीय नाकामा रोकिएको खबर पछि नेपाल आयल निगमले पहल गरेको चार घण्टापछि मात्र भारत प्रवेश गर्न दिएको छ ।

वीरगन्जस्थित भारतीय महावाणिज्यदूतावासका अधिकारीसँग समन्वय गरेपछि मात्रै खाली ट्यांकरहरुलाई भारतीय सुरक्षाकर्मीले रक्सौल छिर्नै दिएको आयल निगम वीरगन्ज शाखाका सूचना अधिकारी प्रचण्ड पाठकले बताए ।

लकडाउनमा नेपालबाट जाने खाली टयाङकर भित्र लुकेर भारतीयहरु घुसपैठ हुन सक्ने आशंकामा रक्सौल नााकामा भारतीय सुरक्षाकर्मीले मंगलबार बिहान नेपालका टयाङकरलाइ छिर्न नदिएको बताए ।

तर, आयल निमगले पेट्रोलियम भर्न भारत जाने खाली ट्यांकरमा चालक र सहचालक गरि २ जना मात्रै जाने आश्वस्त पारेपछि मात्रै रोकिएका ट्यांकरलाई करिब १२ बजे छिर्न दिएको उनले बताए ।
त्यसअघि बिहान टयाङकर रोकिएको खबर पाएपछि रक्सौल नााकमा पुगेका आयल निगम वीरगन्ज शाखाका अधिकृत रन्जित कापटीको कुरा नै नसुनी भारतीय सुरक्षाकर्मीहरुले परबाटै धपाइ दिएका थिए ।

मालवाहक तथा पेट्रोलियम पदार्थ बोकेको सवारी साधन वीरगन्जको मुख्य रक्सौल नाकाबाट शनिबार सहज रुपमा ओहोर दोहोन गर्न दिएपनि आईतबार देखि भारतीय प्रहरीले कडाई गरेर छ । तरकारी बोकेको गाडी समेत सिमापारीबाट आउँन दिएको थिएन ।

भारतीय कष्टममा बसेका एसएसबीका जवानले तरकारी तथा अन्य कुनैपनि मालवाहक सवारी साधनलाई भारतबाट यो नाकामा छिर्न दिएको छैन्, मितेरी पुलमा खटेका सशस्त्र प्रहरीका एक अधिकृतले भने, आईतबार देखि न यताबाट कुनै गाडी जान दिएको छ, न उताबाट नै मालवाहक गाडीहरु आउँन दिएको छ ।

वीरगन्ज भंसार कार्यालयका अधिकृत विमल साहले पनि वीरगन्ज रक्सौल कष्टकको नाका भएर आईतबार देखि कुनैपनि मालबाहक सवारीहरु आउँन नदिएको बताए । उनले भने, आईसिपीबाट भने खाद्यन्न, पेट्रोलिय पदार्थ, ग्याँस लगायतको मालवाहक सवारीसाधन सहज रुपमा आउँन जान दिएको छ ।

प्रतिक्रिया दिनुहोस्