चलचित्र ’नाइँ नभन्नू ल ६’का लागि अभिनेत्री वर्षा राउत फाइनल



काठमाडौं : अभिनेत्री वर्षा राउतको व्यस्तता बढ्दो छ । वर्षाले अभिनय गर्दै गरेका दुई चलचित्र ’२ नम्बरी’ र ’के घर के डेरा’ छायाँकनका क्रममा छन् । कोरोनाभइरसका कारण यी दुवै चलचित्रको छायाँकन अहिने स्थगित भएको छ । अव चलचित्र ’नाइँ नभन्नू ल ६’मा पनि वर्षा राउतले अभिनय गर्ने पक्का भएको छ ।

देशभर गरिएको लकडाउनका कारण यतिबेला नेपालमा चलचित्रको छायाँकनका कामहरु अनिश्चितकालका लागि रोकिएको छ । यस्तै बीच चलचित्र ’नाइँ नभन्नू ल ६’ पनि स्थिति सामान्य नभएसम्म छायाँकनमा नजाने भएको छ । तर, यस चलचित्रका निर्देशक विकासराज आचार्य भने चलचित्रका लागि कलाकार छनोट गरिरहेका छन् ।

यसअघि यस चलचित्रमा अनुभव रेग्मी, सेड्रिना शर्मा, सलोन बस्नेतले पनि अभिनय गर्ने फाइनल भइसकेको छन् । अव अभिनेत्री वर्षा राउत पनि यस चलचित्र ’नाइँ नभन्नू ल ६’ मा जोडिने भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्