कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार नाघ्यो, ३२ हजारभन्दा बढीको अवस्था गम्भीर



एजेन्सी– विश्वभर नोभेल कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमणबाट ४२ हजार १ सय ५८ जनाको मृत्यु भएको छ ।

विश्वका २०३ देश र भूभागमा फैलिएको कोरोना संक्रमितको संख्या ८ लाख ५८ हजार ८ सय ९२ पुगेको छ । संक्रमितमध्ये १ लाख ७८ हजार १ सय जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा ७२ हजार १ सय ७९ नयाँ संक्रमित देखिएका छन् भने सोहि अवधिमा ४ हजार ३ सय ३४ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये अहिले ६ लाख ३८ हजार ६ सय ३४ जनाको विभिन्न अस्पताल, आइसोलेसन तथा क्वारेन्टाइनमा राखेर उपचार भइरहेको छ । उपचाररतमध्ये ३२ हजार ८ सय ९८ को अवस्था गम्भीर रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अमेरिकामा कोरोना भाइरस संक्रमित हुनेको संख्या १ लाख ८८ हजार ५ सय ७८ पुगेको छ भने ३ हजार ८ सय ९० जनाको मृत्यु भएको छ ।

त्यस्तै इटालीमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ७ सय ९२ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढी १२ हजार ४ सय २८ जनाको मृत्यु भएको छ ।

स्पेनमा ९५ हजार ९ सय २३ जना संक्रमित हुँदा ८ हजार ४ सय ६४ जनाको मृत्यु भएको छ ।

कोरोनाको उद्मस्थल मानिएको चीनमा तीन हजार ३ सय ५जनाको मृत्यु भएको छ भने ८१ हजार ५ सय १८ जना संक्रमत भएको छन् । त्यसैगरी जर्मनमा ७१ हजार ८ सय ८ जना संक्रमित हुँदा ७ सय ७५ जनाको मृत्यु भएको छ ।

फ्रान्समा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५ सय २३ पुगेको छ भने ५२ हजार १ सय २८ संक्रमित छन् । इरानमा ४४ हजार ६ सय ५ जना संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या २ हजार ८ सय ९८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्