चीनबाट ल्याइएको किट प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन



काठमाडौं : चीनबाट ल्याइएको केही सामग्री नक्कली पाइएपछि स्वास्थ्य मन्त्रालयले प्रयोग नगर्न निर्देशन दिएको छ ।

केही दिनअघि बजार मूल्यभन्दा साता गुण बढी खर्चिएर चीनबाट ल्याएको सामग्री नक्कली भेटिएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

सरकारले ओम्नी ग्रुपमार्फत किनेको र्यापिड डायग्नोष्टिक किट नै नक्कली भएको र त्यसलाई प्रयोगमा नल्याउन निर्देशन दिएको छ । सरकारले यो किट बजार मूल्यभन्दा चार गुणा बढी मूल्यमा खरिद गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले प्रतिकिट ८ डलरका हिसावले ७५ हजार थान किनेको थियो । त्यो सबै गुणस्तरहीन भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । त्यति सामान किन्न मात्रै ६ लाख डलर अर्थात ७ करोड रुपैयाँ खर्चिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार किटबाट गरिएको परीक्षण विश्वसनीय नभएकाले तत्काल प्रयोगमा नल्याइएको हो ।

विश्व स्वास्थ्य संगठन र राष्ट्रिय प्रयोगशालाको मापदण्ड अनुसार नभएकाले ओम्नीसँग किनिएका किट प्रयोगमा नल्याएको अहिले ७५ हजार थान किट गोदाममै थन्किएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्