फेरि एकसाथ देखिँदै आलिया र शाहरुख



जेन्सी : भारतीय स्टार साहरूख खान सन् २००९मा कुनै पनि फिल्ममा देखिएनन्। त्यसअघि प्रर्दशनमा आएको फिल्म ‘जिरो’मा उनको उपस्थिति केवल उपस्थितिमा मात्र सिमित रह्यो।

फिल्म ‘जिरो’ बक्स अफिसमा नमज्जासँग फ्लप भयो। त्यसयता शाहरुखका प्रशंसक उनको अभिनयका फिल्म हेर्ने पर्खाइमा छन्।

यसैक्रममा शाहरुख अब आलिया भट्टसँग एकपटक पर्दामा देखिने तयारीमा रहेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। यसअघि बक्स अफिसमा उत्कृष्ट व्यापार गर्न सक्षम फिल्म ‘डियर जिन्दगी’मा स्क्रिन सेयर गरेका आलिया र शाहरुख पुनः नयाँ प्रोजेक्टमार्फत दर्शकमाझ आउने तयारीमा जुटेका हुन्।

भारतीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार शाहरुख चाँडै नै सिद्धार्थ आनन्दको अब बन्ने फिल्ममार्फत दर्शकमाझ देखिने छन्। फिल्मको घोषणा भने शाहरुख आफैले घोषणा गर्ने बताउँदै आएका छन्।

शाहरुखको अभिनय रहने उक्त फिल्मको नाम भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्