चिनियाँ कामदारहरु पाकिस्तानमा पनि कोरोना महामारीका कारण



एजेन्सी : पाकिस्तानमा कोभिड–१९ संक्रमितको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । पाकिस्तानले मार्च १९ जना कोरोनाभाइरस संक्रमित बिरामीको मृत्युको आएको छ भने हालसम्म भाइरसबाट पीडित करीव २००० व्यक्तिहरु संक्रमित छन् ।

पाकिस्तानमा भाइरसको खतराको बढ्दै गइरहेको छ । । र, यसको कारण उसको हरेक मौसमको मित्र मानिने चीन हो ।

यस वर्षको सुरुमा वुहानलाई भाइरसले नराम्रो असर पारेको बेला पाकिस्तानले त्यहाँबाट आफ्नै विद्यार्थीहरूलाई पनि बाहिर निकाल्न सकेन । यस शहरबाट बाहिर निकाल्न बिन्ती गरेको पाकिस्तानी विद्यार्थीहरूको धेरै भिडियोहरू यस अघि सामाजिक सञ्जालमा आएको थियो । थोरै पनि संवेदनशीलता नभएको पाकिस्तानी सरकारको झुट्ठा कूटनीति आफ्नै नागरिकहरूको व्यक्तिगत सुरक्षामाथि हावी भएको स्पष्ट देखियो ।

चीन–पाकिस्तान आर्थिक कोरिडोर (ओपेक) अन्तर्गत निर्माण कार्यका लागि पाकिस्तानमा चिनियाँ कामदारहरूको उपस्थिति कोभिड–१९ मा अचानक बढेको पछाडिको सम्भावित कारण हुनसक्ने शंका उत्पन्न भएको छ । चीनमा भाइरसको ब्रेकआउट भएपछि पनि ठूलो संख्यामा कामदारहरू पाकिस्तान आइपुगे ।

पाकिस्तानले काश्मिरीमाथि कुनै सहानुभूति राख्दैन् । त्यहीँभएर यसबीचमा पाक सरकारले भाइरसबाट प्रभावित मानिसहरूलाई पाकिस्तान अधिकृत काश्मिरमा सार्दै आएको छ ताकि यो संक्रमण मुख्य भूमिमा न फैलोस् । मुस्लिम सम्मेलनका अध्यक्ष एवम् मीरपुरमा अधिबक्ता मुजफ्फरले चेतावनी पनि दिए कि पाकिस्तानले कब्जा गरेको जम्मू कश्मीर ९पीओजेके० मा उचित स्थास्थ्य व्यवस्थाको अभाव रहेकोले यहाँका शहरहरुमा क्वारेन्टाइन बनाउनु खतरापुर्ण हुन्छ ।

पीओजेकेमा पुष्टि भएको एक जना व्यक्ति कोरोनाभाइरस संक्रमित चिनियाँ कामदारहरूसँग आजाद पाटन प्रोजेक्टमा काम गर्दै थिए । त्यसकारण त्यहाँ मानिसहरू आतंकित छन् । त्यस्तै सुध्नोति र रावलाकोटमा गाउँहरुले पनि यस समस्याको सामना गर्दैछन् किनभने त्यहाँ कुनै स्वाथ्य प्रणाली छैन। त्यस क्षेत्रमा काम गरिरहेका सबै चिनियाँहरु स्क्रीनिंग गरिनु पर्छ भनेर मानिसहरूले माँग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्