नायिका संचिता लुइँटेललाई चित्र कोर्ने शोख



काठमाडौं : केही दिनदेखि सर्वसाधारण घरबाट बाहिर निस्किन पाउएका छैनन् ।

कोरोनाभाइरसबाट बच्नको लागि नेपाल सरकारले ‘लकडाउन’ घोषणा गरेको छ । यो निर्णयलाई नेपाली सेलिब्रेटीहरुले पनि समर्थन जनाएका छन् । आम सर्वसाधारण मात्र होइन्, नेपाली सेलिब्रेटीहरु पनि कोरोनाको त्रासमा बाँचिरहेका छन् ।

सबै कलाकारहरु सेल्फ क्वारेन्टाइनमा सुरक्षित बसिरहेका छन् । नायिका संचिता लुइँटेल पनि आफ्नो परिवारसँग क्वारेन्टाइनमा बस्दै आएकी छिन् । उनको आफ्नो दिनचर्या सामाजिक संजालमा फेसबुकमा फोटो र भिडियो बनाएर पोष्ट गरिरहेकी छन् ।

प्रत्येक दिन गीत गाएर भिडियो हाल्ने संचिताले आज (बुधबार) भने चित्र बनाउँदै गरेको भिडियो र फोटो पोष्ट गरेकी छन् । उनको सामाजिक सञ्जाल नियाल्द लाग्छ संचितालाई अभिनय गर्ने, गीत गाउने मात्र होइन् अब चित्र कोर्ने शोख पनि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्