कोरोना संक्रमितलाई अभिनेत्री प्रियंका चोपडाको एक लाख डलर सहयोग



काठमाडौं : कोरोनाभाइरसबाट संक्रमितहरुलाई आर्थिक सहायताका लागि विभिन्न व्यक्तिहरुले कोषमा रकम जम्मा गर्दै आएका छन् । त्यस्तै बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसविरुद्ध लड्नको लागि १ लाख डलर सहयोग गर्ने भएकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफुले कोरोनाविरुद्धको लडाइका लागि आर्थिक सहयोग गर्ने बताएकी हुन् । उनले श्रमजिवी महिला र सुरक्षा निकायमा खटिएका महिलाका लागि १ लाख डलर सहयोग गर्ने भएकी हुन् । यसअघि पनि अभिनेत्री प्रियंकाले सामाजिक सञ्जाल मार्फत् शारीरिक दूरी कायम गर्ने देखि हात धुने सचेतना फैलाउदै आइरहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्