आज यी स्थानहरुमा ग्यास वितरण हुँदै (सूचिसहित)



काठमाडौं : नेपाल आयल निगमले आज (बिहीबार) पनि काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा ग्यास वितरण गर्ने भएको छ ।

बुधबार विभिन्न उद्योगको १ लाख १ हजार १ सय १७ सिलिन्डर ग्यास वितरण गरेको निगमले आज पनि ग्यास वितरण गर्ने भएको हो ।

विभिन्न ग्यास उद्योगबाट उपत्यका लगायतका स्थानहरु ग्यास वितरण नियमित रहेको निगमले जनाएको छ ।

टेकुस्थित कार्यालयबाट विभिन्न वर्गहरुको लागि लक्षित गरी सञ्चालन गरिएको घुम्ति सेवा मंगलबार र बुधबार २ सय ६१ सिलिन्डर ग्यास वितरण भएको पनि निगमले जनाएको छ ।

साथै निगमले उपभोक्ताहरुको सहजताको लागि एलपी ग्यास सम्बन्धी कुनै जानकारी आवश्यक परेमा सम्पर्क गर्न पनि भनेको छ ।

निगमको हटलाईन ११४६, टोल फ्री १६६००११००२८ नम्बर खुला राखिएको छ । यस्तै ९८५१२७३४७९, ९८५१२७३४३१ र ९८५१२७३२६९मा पनि सम्पर्क गर्न सकिने निगमले जनाएको छ ।

बिहीबार ग्यास वितरणहरुले डिपो र सम्पर्क नम्बरहरु

प्रतिक्रिया दिनुहोस्