भारतमा जुम्ल्याहाका नाम कोरोना र कोभिड



भारत : भारतको छत्तीसगढस्थित रायपुर शहरमा जन्मिएका नवजात जुम्ल्याहाका नाम कोरोना र कोभिड राखिएको छ। ती जुम्ल्याहा बालक र बालिका भारतमा जारी लकडाउनको समयमा जन्मिएका हुन्।

उनीहरूका अभिभावकले विश्वले भोगिरहेको अप्ठेरो समयमा जन्मिएका हुनाले त्यसलाई सम्झिरहन सन्तानहरूका नाम त्यसरी राखेको बताएका छन्। स्थानीय सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा ती जुम्ल्याहाकी आमाले बच्चा जन्माउँदा निकै कठिनाइ भएको बताइन्।

सङ्घर्षपूर्ण प्रसूति

“हामीले धेरै चुनौती खेप्यौँ, म र मेरा श्रीमान्‌ यो दिनलाई विशेष बनाउन चाहन्थ्यौँ।”नले आफूलाई मार्च २६ तारिखका दिन बेथा लागेको बताएकी छन्।

लकडाउनको अवधिमा अस्पताल आउन निकै सङ्घर्ष गर्नुपरेको उनले भारतीय सञ्चारमाध्यमलाई बताएकी छन्। उनले मार्च २७ मा जुम्ल्याहा जन्माएकी थिइन्।

“यो भाइरस खतरनाक छ, तर यसकै कारण मानिसहरूले स्वास्थ्य र राम्रो आनीबानीमा ध्यान दिन जोड दिइरहेका छन्। त्यही भएर हामीले यी नाम छानेका हौँ।”

अस्पतालका कर्मचारीलेहरूले ती जुम्ल्याहा जन्मिएलगत्तै कोरोना र कोभिड भनेर बोलाउन थालिएको र त्यसले उनीहरूका अभिभावकलाई उक्त निर्णय लिन सजिलो भएको जनाएका छन्।

ती जुम्ल्याहा रायपुरस्थित डा. बीआर अम्बेडकर मेमोरियल अस्पतालमा जन्मिएका थिए।उक्त अस्पतालका जनसम्पर्क अधिकारीले आमा र सन्तान दुवै हालै डिस्चार्ज भएको र उनीहरूको अवस्था राम्रो रहेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्