सन्राइज बैंकद्वारा पीपीई हस्तान्तरण जारी



काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) जोखिमको न्यूनिकरणको लागि सातै प्रदेशमा सुरक्षाका विभिन्न सामाग्रीहरु वितरण गर्ने सन्राइज बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेशको रुकुम जिल्लाको मुसिकोट नगरपालिकामा सहयोग सामग्री वितरण गरिएको छ ।

सो सहयोग सामग्री आज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संघिय सांसद श्री जनार्धन शर्मा प्रभाकरलाई हस्तान्तरण गरेका छन् । उक्त सहयोग सामाग्रीमा १० थान पीपीई, १००० थान माक्स, स्यानिटाइजर, Pulse Oximeter र पञ्जा रहेका छन् ।

हालसम्म सन्राइज बैंकले विभिन्न अस्पतालमा ३३० वटा भन्दा बढी पीपीई उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरूमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्