वैशाख ६ र ७ गतेका लागि तोकिएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम स्थगित



काठमाडौं : कोरोनाले विश्वव्यापी महामारीको रूप लिएपछि ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम अनिश्चितकालसम्मका लागि स्थगित भएको छ ।

आउँदो वैशाख ६ र ७ गतेका लागि तय गरिएको कार्यक्रम स्थगित गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले विश्वव्यापी रूप लिइरहेको कोरोनाप्रति सतर्कता अपनाउँदै निर्धारित कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्