अमेरिकामा केही दिनदेखि बिरामी भएका दुई नेपाली घरभित्रै मृत फेला



अमेरिका : अमेरिकामा केही दिनदेखि बिरामी भएका दुई नेपाली घरभित्रै मृत फेला परेका छन् । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका मुस्ताङ जिल्ला घरभएका अन्दाजी ४० वर्षीय दुईजना नेपाली घरभित्रै मृत भेटिएका हुन् ।

नुप्रि एसोसिएसनका पूर्व अध्यक्ष मिङमार लामाका अनुसार न्युयोर्कको क्विन्सस्थित जमाइकामा बस्दै आएका सोनाम लामा र क्विन्स सन्नीसाइड बस्ने थोक्मे बिष्टको मृत्यु भएको हो ।

उनीहरु केही दिनदेखि बिरामी रहेका करिब ४० वर्षीय सोनामको उनी बस्ने कोठाभित्रै मृत्यु भएको जानकारी दिइएको छ ।

लामो समयफोन सम्पर्क नभएपछि सोनाम बस्ने कोठामा पुगेर हेर्दा उनी मृत अवस्थामा थिए ।

प्रतिक्रिया दिनुहोस्