संञ्जय दत्त र अनिल कपूरसँग प्रेम र विनोद खन्नासँगको ‘कीस’ ले पछुताउँछिन् माधुरी



एजेन्सी :सञ्जय दत्त र माधुरी दीक्षित नब्बेको दशकमा सवैभन्दा हट जोडीको रुपमा चर्चित थिए । ‘साजन’ र ‘खलनायक’ जस्ता चलचित्रमा उनीहरुको जोडी निकै नै मन पराइएको थियो । साथै उनीहरुको ‘अफेयर’ को चर्चा पनि उत्तिकै थियो ।

चलचित्रको सेटबाट नै उनीहरुको प्रेम गाढा हुँदै गयो तर माधुरीको परिवारलाई उनीहरुको प्रेम स्वीकार्य भएन र उनीहरुको प्रेमसम्बन्ध छुट्यो ।

अनिल कपूरसँगको प्रेम सम्बन्ध

सञ्जय दत्तसँग सम्बन्ध तोडिने वित्तिकै उनको अनिल कपूरसँग को प्रेम सम्बन्धले निकै चर्चा पायो ।

अनिल–माधुरीको जोडी पनि निकै नै रुचाइएको थियो ।

विनोद खन्नासँग ‘कीस’ सीन

जब माधुरी बलिउडमा नयाँ थिइन् तब उनले चलचित्र ‘दयावान’ मा विनोद खन्नाजस्ता सीनीयर अभिनेतासँग गरेको ‘कीस’ सीनले निकै चर्चा पाएको थियो ।

अहिले जब माधुरी उक्त कुराको याद गर्छिन् त उनलाई निकै नै पश्चाताप हुने बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्