अजय देवगनका कारण विवाह नभएको बताउँछिन् यी अभिनेत्री



एजेन्सी : बलिउड अभिनेत्री तब्बु ४६ वर्षकी भइन् । उनी अझै पनि अविवाहित छिन् । उनीसँगैका धेरै अभिनेत्रीहरु विवाह गरेर सेटल भइसकेका छन् ।

उनले पछिल्लो पटक आफ्नो विवाह नहुनुको कारण अजय देवगन भएको बताएकी छिन् । २५ वर्ष अगाडि फिल्मी पर्दामा यो जोडी निकै हिट थियो । फिल्म विजय पथमा उनीहरुको पहिलो भेट भएको थियो ।

उनले भनेकी थिइन्,‘आज पनि अजय मेरो मिल्ने साथी हो । उसलाई भेट भएपछि मैले उ बच्चा जस्तो स्वभाव भएको माने । उ मलाई विभिन्न कुराहरुबाट जोगाउन खोज्थ्यो । कोही जवान युवालाई उसले मेरो नजिक आउनै दिएन । त्यही कारण पनि हुनसक्छ म अझै अविवाहित छु ।’

उनले थप्दै भनेकी थिइन्,‘मेरो बलिउड यात्रामा मैले केही यस्ता फिल्महरु गर्न पाए जुन अझै पनि उत्तिकै चर्चित रहेका छन् । मप्रति फिल्म निर्माता तथा निर्देशकको विश्वास अझै पनि रहेको छ । म खुसी छु कि अझै पनि मैले विभिन्न भुमिकामा फिल्म गरिरहेकी छु ।’

प्रतिक्रिया दिनुहोस्