९२ मध्ये ८८ को रिपोर्ट नेगेटिभ ४ जनाको पुन : परिक्षण गरिने



धनगढी : कैलाली र कञ्चनपुरबाट संकलन गरी परीक्षणका लागि नेपाली सेनाको स्काई ट्रक मार्फत काठमाडौं पठाइएका ९२ जनाको थ्रोट स्वावको नमूना मध्ये ८८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

४ जनाको थ्रोट स्वाव भने परीक्षणका लागि पुन : काठमाडौं पठाईने भएको छ । चार जनाको रिपोर्ट आउन भने केही दिन लाग्ने बताइएको छ ।

कोरोनाको आंशका गरिएका कैलालीका ६९ र कञ्चनपुरका ३२ जनाको थ्रोट स्वाव संकलन गरी परीक्षणका लागि चैत २० गते काठमाडौं पठाईएको थियो ।

कैलालीको प्रतापपुरका संक्रमितसँग १४ दिन एउटै कोठामसँगै संगै बस्ने उनको साथीको पनि स्वाव परीक्षणका लागि काठमाडौं पठाईएको थियो । उनकोसमेत रिपोर्ट नेगेटिभ आएको कैलाली प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्