यस्तो छ नेपालमा कोरोनाभाइरस संक्रमणको पछिल्लो अवस्था (अपडेट)



काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको पछिल्लो तथ्याकं सार्वजनिक गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको नेपालमा न्यूनिकरणका लागि विभिन्न प्रयास भइरहेको छ ।

मन्त्रालयको वेभसाइटमा उल्लेख भए अनुसार मुलुकभर १ हजार ६९७ जनाको स्वाबको नमूना परिक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस सम्वन्धि तथ्यांक अद्यावधि गर्न शुरु गरेको वेबसाइटमा नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको उल्लेख छ । शनिवारमात्रै नेपालको पश्चिमी जिल्लाहरुमा थप ३ जना संक्रमित विरामीहरुको पहिचान भएको थियो ।

उक्त वेबसाइटमा सोमबार यो समाचार तयार पार्दाको समय ५ बजेसम्म परिक्षण गरिएको मध्ये १ हजार ६८८ जनामा संक्रमण देखिएको छैन भने ९ जना संक्रमित भएको उल्लेख छ भने देशका विभिन्न भागमा रहेका अस्पतालमा १०७ जना आईसोलेशनमा रहेको उल्लेख छ ।

त्यसैगरी संक्रमित भएकामध्ये १ जना निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको न्यूनिकरण तथा रोकथामको अवस्था बारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक तथ्यांक दिन नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ ।

मन्त्रालयले उक्त वेबसाइटमा कोभिड–१९ सम्वन्धि पछिल्लो तथ्यांकहरु अद्यावधिक गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्