नेकपा सचिवालयको बैठक मंगलबार बस्दै



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंगलबार बोलाएको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले मंगलबार अपराह्न ४ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको जानकारी दिएका छन् ।

उनका अनुसार बैठकमा कोभिड-१९ र समसामयिक राजनीतिक परिस्थितिकाबारेमा छलफल हुने छ । लकडाउनपछि पहिलो पटक बैठक बोलाएको हो । रासस

प्रतिक्रिया दिनुहोस्