अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो



एजेन्सी : विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको कारण अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार २ सय ५५ जनाको मृत्यु भएको छ । जुन संख्या आइतबारको भन्दा धेरै हो । आइतबार १ हजार १ सय ६५ जनाको मृत्यु भएको थियो ।

अमेरिकामा २४ घण्टाभित्र ३० हजार जना नयाँ संक्रमित भएको वल्र्डोमिटरले जनाएको छ ।

यस्तै, अहिलेसम्म कोरोनाको कारण अमेरिकामा १० हजार ८ सय ७१ जनाको मृत्यु भएको छ भने ३ लाख ६६ हजार बढी संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्