कोरोनाले ग्रस्त बेलायती प्रधानमन्त्रीलाई आईसीयूमा भर्ना गरियो



एजेन्सी : बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई लण्डनको अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ। स्वास्थ्य स्थिति खराब हुँदै गएपछि आइसीयूमा राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यद्यपी उनी होसमै रहेको जनाएको छ। कोरोना सङ्क्रमण पुष्टि भएपछि शेल्फ आइसोलेशनमा बस्दै आएका प्रधानमन्त्री जोन्सनलाई सोमबार १० औँ दिनमा अस्पताल भर्ना गरिएको हो।

अस्पताल भर्ना हुनुअघिसम्म पनि प्रधानमन्त्री जोनसनले आफ्नो काम गरिरहेका थिए। अहिले विदेश मन्त्री डोमिनिक राबलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्