भारतमा कोरोनाबाट एकैदिन १८ जनाको मृत्यु



एजेन्सी : छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण तथा मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गइरहेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १८ जनाको मृत्यु भएको छ भने ४ सय ८९ जना नयाँ संक्रमित भएका छन् ।

वल्र्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ३६ पुगेको छ भने ४ हजार ७ सय ७८ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्