साउदी अरबमा अनिश्चितकालिन कर्फ्यू जारी



काठमाडौं : साउदी अरब सरकारले कोरोना भाइरसको संक्रमण रोक्ने उद्देश्यस्वरुप हिजो सोमबार देखि लागू हुने गरि अनिश्चितकालको लागि कर्फ्यू जारी गरेको छ ।

जारी आदेशमा रियाद, दमाम, ताबुक, दहरान, हफुफ, ताइफ, कतिफ, अलखोबर र जेद्दाका सम्पूर्ण क्षेत्रहरुमा कर्फ्यू आदेश जारी गरेको त्यहाँको गृह मन्त्रालयलाई उदृत गर्दै रियाद स्थित नेपाली दूतावासले जनाएको छ ।

यो समयमा सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनै पनि बहानामा बाहिर ननिस्क्न र सो क्षेत्रमा रहेका नेपालीहरुले कर्फ्यूको समयको पूर्ण पालना गर्न नेपाली दूतावास रियादले सबै नेपालीहरुलाई अनुरोध गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्