भीरबाट लडेर एक महिलाको मृत्यु



गुल्मी : आज (मंगलवार) गुल्मीमा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ ।

जिल्लाको ईस्मा गाउँपालिका वडा नं.२ लल्दीटारको साउठाको भिरबाट घाँस काट्ने क्रममा लडेर ३१ वर्षिय माया पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी गाउँमा माईतीमा बस्दै आइरहेको र घर धुर्कोट गाउँपालिका ४ जैसीथोक भएको त्यहाँका वडाध्यक्ष मानबहादुर कुँवरले जानकारी दिए । लकडाउनका बेला उनका श्रीमान भने भैरहवामा छन् ।

प्रतिक्रिया दिनुहोस्