भ्रष्टाचारविरुद्धको प्रतिबद्धता निर्मम रुपमा व्यवहारमा लागू गर्न राप्रपाका अध्यक्ष राणाले सुझाव



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारविरुद्धको प्रतिबद्धता निर्मम रुपमा व्यवहारमा लागू गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सुझाव दिएका छन् ।

आज मंगलबार प्रधानमन्त्री ओलीको सम्बोधनमा प्रतिक्रिया जनाउँदै अध्यक्ष राणाले जनअपेक्षा पनि सरकार भ्रष्टाचारविरुद्ध निर्मम बनोस् भन्ने रहेको उल्लेख गरे ।

राप्रपाका अध्यक्ष राणाले भ्रष्टाचारविरुद्धको निर्मम नीति भाषणमा नभइ व्यवहारमा देखाउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका हुन् ।

राणाले भने–‘भ्रष्टाचारविरुद्ध प्रधानमन्त्री ज्यूको प्रतिवद्धता निर्मम रूपमा व्यवहारमा लागू भए उपयुक्त हुने थियो । आफ्नो प्रधानमन्त्रीप्रति देश र जनताको अपेक्षा नै यही हो । भ्रष्टाचार अनियमितताविरुद्ध निर्मम भएर प्रस्तुत हुने प्रधानमन्त्रीको निरन्तर प्रतिवद्धता, निर्मम रूपमा व्यवहारमा कार्यान्वयन हुनपर्दछ । प्रधानमन्त्रीसँग देश र जनताको अपेक्षा यही हो ।’

प्रधानमन्त्रीको सम्बोधनकै प्रतिक्रियास्वरूप राणाले संयम हुन र कोरोनाविरुद्धको लडाइँमा सबैलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्