अत्तरियामा सडक दुर्घटनामा घाइते भएका दुवै जनाको मृत्यु 



कैलाली : कैलालीको गोदावरी नगरपालीका वडा नम्बर १ वन खेत नजिकै बस र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाईकलमा सवार दुवै जनाको मृत्यु भएको छ । 

 

क्षेत्रीय ट्राफिक कार्यालय अत्तरीयाका अनुसार गोदावरी नगरपालिका- ६ का २८ वर्षिया हेमन्त साउँद र साेही ठाउँका २६ वर्षिय विक्रम खड्का रहेका छन् । उनको ठेगाना खुल्न सकेको छैन ।

टीकापुरबाट अत्तरीयातर्फ आउँदै गरेको ना ५ ख ८०४९ नम्बरको बस र विपरित दिशाबाट गुडीरहेको से ५ प ७५३६ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ । 

 

उनीहरुलाई पदमा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भारतको बरेली रेफर गरिएको थियो  । तर उनीहरुको बनबासा नपुग्दै निधन भएको हो ।  बस र बस चालकलाई ईलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्