राजको सन्देशमूलक कोरोना गीतको लिरिकल भिडियो सार्वजनिक



काठमाडौं– राज सागरको सन्देशमूलक गीतको लिरिकल भिडियो ‘उद्धार गरौं’ सार्वजनिक भएको छ।

गीतमा बसन्त चौधरीको शव्द र राजकै संगीत रहेको छ। सार्वजनिक गीत मार्फत कोरोना भाइरसबाट आफू जोगिन, अरुलाई पनि जोगाउन र संकटमा रहेकाहरुलाई उद्धार गर्न चौधरीले आह्वान गरेका छन्।

यस गीतमा सन्देश मुलक शव्द भएकाले अहिलेको अवस्थामा जोखिम मोलेर भए पनि यस गीत रेकर्ड गरी, लि लिरिकल भिडियोको रुपमा दर्शकसामु ल्याएको गायक राज बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्