दाउरा बालेर खाना बनाउन अभिनेता आर्यनलाई रहर



काठमाडौं– कोरोना संक्रमण फैलन नदिंन सरकारले देशभर लकडाउन गरेको छ । यस्तो अवस्थामा सर्वसाधरणदेखि सेलिव्रेटीहरू पनि घरमै बसिरहेका छन् ।

केही सेलिव्रेटीहरुले आफ्नो शुभचिन्तकहरुलाई विश्वसनिय कुराहरु सेयर गदै आएका छन् भने केहीले लकडाउनको समयमा घर बस्दा गरेका विभिन्न क्रियाकलापहरुका फोटो भिडियोहरु पोष्ट गरिरहेका छन् ।


त्यस्तै लकडाउन पालना गरेर घरमै बसिरहेका अभिनेता आर्यन सिग्देलले फेसबुकमा दुई फोटोहरु पोष्ट गरेका छन् ।

उनले दाउरा बालेर खाना बनाइरहेको फोटोहरु पोष्ट गर्दै ‘आगोमा पकाएको खानाको स्वाद नै बेग्लै’ लेखेका छन् । उनले उक्त पोष्ट मार्फत सबैलाई घरमै सुरक्षित बस्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्