चलचित्र प्रवर्द्धन समितिलद्वारा चलचित्र प्राविधिकलाई राहत



काठमाडौं : विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोनाभाइरसको प्रभावले आम मानिसको जनजिवन प्रभावित भइरहेको छ । यो विषम परिस्थितिको असर चलचित्र क्षेत्रलाई पनि परिरहेको छ । चलचित्र क्षेत्रमा सबैभन्दा बढि मारमा प्राविधिकहरु परेका छन् । केही कलाकार , निमार्ता र संघसस्थाहरुले सहयोगका हातहरु अघि बडाइरहेका छन् ।

त्यस्तै चलचित्र प्रवर्द्धन समितिको संयोजनमा चलचित्रका प्राविधिकहरुलाई १ हजार किलो चामल र सय केजी दाल सहयोग गरेका छन् । समितिका संयोजक आकाश अधिकारीले उक्त सहयोग प्राविधिक संघका अध्यक्ष पुष्कर लामालाई प्रदान गरेको बताइएको छ । उद्योग वाणिज्य महासंघको सहकार्यमा प्रवद्र्धन समितिले राहत सामाग्री वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्