‘क्वारेन्टाइन अभियान नाटक महोत्सव’मा आज नाटक ’क्लेशा’



काठमाडौं : ‘क्वारेन्टाइन अभियान नाटक महोत्सव’ अन्तर्गत आज (बुधवार) नाटक ’क्लेशा’ देखाइने भएको छ । मानवीय स्वभावलाई प्रत्यक्ष प्रभाव पार्ने सामाजिक संरचना र राजनीतिक व्यवस्था बारे विवेचना गरेको यस नाटकलाई विजया कार्कीले निर्देशन गरेकी हुन् ।

जो पदमा हुन्छ सारा शक्ति उसँग रहन्छ भन्ने देखाइएको नाटकमा तत्कालीन प्रधानपञ्चको परिवारले गाउँले माथि गरेको ज्यादतीलाई प्रतिनिधि घटनाको रूपमा देखाइएको छ । नाटकमा सृजना अधिकारी, रुजु शर्मा, कुशल पाण्डे, सविना थापा, राज खड्का, सुदिप खतिवडा, तुफान थापा, सविन भट्टराई, अमृत काउचा, स्वप्निल घिमिरे लगायतको अभिनय रहेको छ ।

यस नाटक दश महिनाअघि मण्डला थिएटरमा मञ्चन भएको थियो । नाटकको भिडियो साँझ ठिक पाँच बजे थिएटर मलको आधिकारिक फेसबुक पेजमार्फत प्रसारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्