अभिनेत्री वर्षा चलचित्र क्षेत्रमा प्रवेश गरेको ४ वर्ष पूरा



काठमाडौं : अभिनेत्री वर्षा राउत चलचित्र ‘नाई नभन्नु ल ४’बाट डेव्यू गरेकी हुन् । यो छोटो समयमा ‘छक्का पन्जा’, ‘छक्का पन्जा २’, ‘जात्रा र जात्रै जात्रा’ जस्ता चर्चित चलचित्रहरुमा समेत अभिनय गरिसकेकी छन् । उनी अभिनित नयाँ चलचित्र ‘२ नम्बरी, के घर के डेरा’ छायाँकनको क्रममा छन् ।

वर्षाले चलचित्र क्षेत्रमा प्रवेश गरेको ४ वर्ष पूरा भएको छ । यस चलचित्र क्षेत्रमा ४ वर्ष बिताएको समयलाई सम्झिदै खुशी व्यक्त गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राउतले माया गर्ने दर्शक, चलचित्रकर्मीलाई धन्यवाद दिएकी छन् । साथै वर्षाले एउटा नयाँ परिवार पाएकोमा आफूलाई सौभाग्यशाली महसुश गरेको पनि बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्