लागूऔषधसहित ४ जना पक्राउ



राजविराज : लागूऔषधसहित चार जना युवक पक्राउ परेका छन् ।

हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी ब्यारेजबाट मंगलबार राति सप्तरी प्रहरीले लागूऔषधसहित ४ युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कंचनरुप नगरपालिका २ बरमझियाका २९ वर्षिय सुरज साह, वडा नं.८ रुपनगरका ३२ वर्षिय दिपेन्द्र क्षेष्ठ, वडा नं.५ का २१ वर्षिय संजय साह र वडा नम्बर १ का १९ वर्षिय कालु साह रहेका छन् ।

विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले स ३ प ३०१०, को ७ प ९३२ र बा ४३ प ४६१४ नं.को मोटरसाइकलमा हिंडिरहेका युवकहरुलाई चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध बरामद भएको हो ।

नाईट्राभेट ट्याबलेट १९ थान र डाईलेक्स सिरफ ६ थान उनीहरुको साथबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी तिलक भारतीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्