जीटुजीमार्फत कोरोना संक्रमणविरुद्धका मेडिकल सामाग्री किन्नका लागि पाँच देशलाई पत्राचार



काठमाडौं : सरकारले जीटुजीमार्फत कोरोना संक्रमणविरुद्धका मेडिकल सामाग्री किन्नका लागि पाँच देशलाई पत्राचार गरेको छ ।

सरकारले जीटुजीमार्फत मेडिकल सामाग्री खरिद गर्न चीन, भारत, सिंगापुर, दक्षिण कोरिया र जापानलाई परराष्ट्र मन्त्रालयले सम्बन्धित देशका दूतावासमार्फत पत्राचार गरेको हो ।

नेपाली सेनाले ल्याउने ती सामग्रीको सूचीसहित परराष्ट्र मन्त्रालयले नेपाल सरकारले जिटुजीमार्फत मेडिकल सामग्री खरिद गर्नुपर्ने भएकाले दूतावासमार्फत पहल गरेको हो ।

नेपाली सेनाले पनि ती देशमा रहेका राजदूतावासका सैनिक सहचारीमार्फत सामाग्रीहरु खरिदबारे पहल थालेको छ ।

सबै दूतावासमार्फत नेपाललाई आवश्यक पर्ने सामग्रीहरुको सूची पठाइएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्