‘कोभिड–१९’ बाट विश्वभरी १४ लाख ४८ हजार १२३ सङ्क्रमित (अपडेट)



एजेन्सी : कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १४ लाख ४८ हजार १२३ सङक्रमित भएका छन् ।

यस प्रकोपबाट संसारभरी ८३ हजार ४१६ को मृत्यु भएको छ । यसैबीच यस रोगबाट ३ लाख ९ हजार १८३ जना भने निको भएका छन् । बुधबार साँझसम्मको यो तथ्याङ्क विश्व स्वास्थ्य संगठनले सार्र्वजनिक गरेको हो ।

कोरोनाभाइरस संक्रमणबाट बढी प्रभाव परेका केही मुलुकको पछिल्लो परिदृश्य ।

देश मृतक सङ्क्रमित निको भएका
संयुक्त राज्य अमेरिका १२ हजार ८५७ ४ लाख ५४९ २१ हजार ७११
स्पेन १४ हजार ५५५ १ लाख ४६ हजार ६९० ४८ हजार २१
इटाली १७ हजार १२७ १ लाख ३५ हजार ५८६ २४ हजार ३९२
फ्रान्स १० हजार ३२८ १ लाख ९ हजार ६९ १९ हजार ३३७
जमर्नी २ हजार १६ १ लाख ७ हजार ६६३ ३६ हजार ८१
चीन ३ हजार ३३३ ८१ हजार ८०२ ७७ हजार २७९
इरान ३ हजार ९३ ६४ हजार ५८६ २७ हजार ३९
बेलायत ६ हजार १५९ ५५ हजार २४२ १३५
टर्की ७२५ ३४ हजार १०९ १ हजार ५८२
बेल्जियम २ हजार २४० २३ हजार ४०३ ४ हजार ६८१
स्विट्जरल्यान्ड ८५८ २२ हजार ७८९ ८ हजार ७०४
नेदरल्यान्ड्स २ हजार २४८ २० हजार ५४९ २५०
क्यानाडा ३८१ १७ हजार ८९७ ४ हजार २८
ब्राजिल ६९१ १४ हजार ७२ १२७
पोर्चुगल ३८० १३ हजार १४१ १९६
अष्ट्रिया २७३ १२ हजार ८२४ ४ हजार ५१२
दक्षिण कोरिया २०० १० हजार ३८४ ६ हजार ७७६
इजरायल ७२ ९ हजार ४०४ ८०१
रुस ६३ ८ हजार ६७२ ५८०
स्विडेन ६८७ ८ हजार ४१९ २०५
नर्वे ९३ ६ हजार ८६ ३२
अष्ट्रेलिया ५० ६ हजार १३ २ हजार ५४७

प्रतिक्रिया दिनुहोस्