‘हेल्थ डेस्क’ राखेर ७३ दिनपछि खुल्यो तातोपानी नाका



सिन्धुपाल्चोक : कोरोनाभाइरस (कोभिड–१९) संक्रमण भित्रने जोखिम बढेपछि बन्द गरिएको तातोपानि काना ७३ दिनपछि सञ्चालनमा आएको छ ।

कोरोनाभाइरस (कोभिड–१९) संक्रमण भित्रने जोखिम बढेपछि गत माघ १३ गतेबाट बन्द गरिएको चीनसँगको प्रमुख तातोपानी नाका ७३ दिनपछि पुनः सञ्चालनमा ल्याइएको हो ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्डबमोजिमको ‘हेल्थ डेस्क’ राखेर हिजो (बुधबार) साँझबाट नाका खोलिएको भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताए ।

प्रशासन, भन्सार, जनप्रतिनिधि र सुरक्षाकर्मीबीच छलफलपछि तीनबुँदे निर्णय गरी सुरक्षित रूपमा नाका खोलिएको भोटेकोसी गाउँपालिकाका प्रमुख पौडेल जानकारी दिए ।

नाका खुलेपछि पहिलो लटमा १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएका छन् ।

सुरुवाती हेल्थ डेस्कको मापदण्डअनुरूप परीक्षण सकेर नाका खुलाइएको जानकारी दिँदै उनले भने–‘खाद्यान्न र मेडिकल सामान मात्रै आउनेछन् ।’

बिएम डेर्डीका व्यवसायीले खरिद गरेको मास्क र सेनिटाइजर चिनियाँ प्रहरीले आवश्यक परीक्षण सकेर नेपाली चेकपोस्ट ल्याइदिएको उनले बताए ।

७५ सय वटा मास्क र ५ सय सेनिटाइजर हेल्थ डेस्कमा जाँचेर भन्सार कार्यालयको यार्डमा लगिएको थियो । यो सामान लिन नेपालकै एउटा सवारी बोर्डर पुगेको थियो । सो सामान काठमाडौं तर्फ गइसकेको उनले बताए ।

नाका र झिर्पुमा गरी १० बेडको आइसोलेसन र १० बेडको क्वारेन्टाइन कक्ष पनि तयार राखिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्