‘क्वारेन्टाइन अभियान नाटक महोत्सव’मा बिहीबारदेखि दिनमा दुई नाटक मञ्चन



काठमाडौं : ‘क्वारेन्टाइन अभियान नाटक महोत्सव’ अन्तर्गत लकडाउनको समयमा अव घरमै बसेर दिनमा दुईवटा नाटक हेर्न पाइनेछ । भर्चुअल थिएटर फेस्टिभल अन्तर्गत भर्चुअल नाटक मञ्चन गरिदै आएको हो । लकडाउन थपिएसँगै नाटक मञ्चनका लागी दिनहरु पुनः थपिएका छन् र केही दिन उत्सव लम्बिएको छ ।

प्रत्येक दिन एउटा नाटक प्रस्तुत हुँदै आएको यस महोत्सवमा आज (बिहीबार)देखि दुई नाटकको भिडियो प्रदर्शन गरिने फेस्टिभल निर्देशक केदार श्रेष्ठले बताए । त्यस्तै दिनमा दुई नाटक सुरु आज पहिलो दिन आज दिउँसो १ बजे नाटक ‘अँधेरी नगरी चौपट राजा’ र बेलुकी ५ डान्स ड्रामा ‘द फ्लाइट’ को भिडियो देखाइने छ ।

नाटकको भिडियो थिएटर मलको अफिसियल पेज फेसबुक डटकम स्ल्यास थिएटर मल facebook=com/theatreMall बाट लाइभ स्ट्रिमिङ गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्