रसुवागढी नाका नखुल्ने



काठमाडौं : रसुवागढी नाका तत्कालका लागि नखुल्ने आएको छ । हिजो बुधबार साँझबाट तातोपानी नाका खुलेपनि तत्कालको लागि रसुवागढी नाका नखोल्ने जानकारी चीनले नेपाल सरकारलाई गराएको छ ।

चैत १२ गते वाणिज्य मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई तातोपानी र रसुवागढी नाका सञ्चालनको आग्रह गर्दै पत्राचार गरेको थियो ।

नेपालले पत्राचार गरेको ९ दिनपछि परराष्ट्रलाई जवाफ पठाउँदै चीनले तत्कालका लागि तोतोपानी नाका मात्रै खोल्न सकिने जनाएको मन्त्रालय स्रोतले बतायो ।

सोही अनुसार बुधबार साँझदेखि आशिंक रूपमा तातोपानी नाका खुलेको हो ।

नेपालले अत्यवश्यक वस्तुको मात्रै आयात गर्ने सर्तमा तातोपानी नाकामात्रै खोल्ने जानकारी चीनले पठाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

हाललाई रसुवागढी नाका नखोल्ने तातोपानीबाट मात्रै चीनले नेपालसँग कारोबार गर्ने जानकारी आफूलाई आएको तातोपानी भन्सार कार्यालय प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्