अभिनेता खनालको स्पष्टिकरण ‘यो समय परिवारसँग विताउन उचित सम्झिए ’



काठमाडौं : अमेरिकाले विमान चार्टर्ड गरेर आफ्ना नागरिकलाई नेपालबाट लगिरहेको छ । नेपालमा रहेका करिब एक हजार नागरिकलाई अमेरिकाले आफ्नो देश लगिसकेको छ । त्यस्तै अभिनेता सरोज खनाल पनि आइतबार अमेरिका फर्केका थिए ।

‘लकडाउन’को समयमा अमेरिका उडेको खबर बाहिरिएपछि अभिनेता खनालको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

कतिले शक्तिशाली देशमा पुगेपछि कोरोनाबाट बच्न सकिन्छ भनेर देश छाडेको आरोप लगाएका छन् । अमेरिका पुगेपछि अभिनेता सरोज खनालले समाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्पष्टिकरण दिएका छन् ।

श्रीमती र नातीनातिनासँगको एक तस्वीर पोस्ट्याउँदै अभिनेता सरोज खनालले फेसबुकमा लेखेका छन् ‘सर्वे भवन्तु सुखिनःसर्वे संतु निरामयः जसले जे भने पनि यो समय परिवारसँग विताउन उचित सम्झिए । जे पर्ला त्यही टर्ला ।’

प्रतिक्रिया दिनुहोस्