भाषा मुखर्जी- जो चिकित्सा पेशाको लागि छोड्दै छिन् ‘मिस इङ्ल्यान्ड’को ताज



एजेन्सी– कोरोनाभइरसको संकटका बेला २०१९ को मिस इङ्ल्यान्ड भाषा मुखर्जीले सो उपाधि त्यागेर चिकित्सा पेशामा फर्कने निर्णय गरेकी छन् ।

मुखर्जी भारत मुलको भएपनि उनी ब्रिटिश नागरिक हुन् । उनी कोलकतामा हुर्किएकी हुन् । जब उनी ९ वर्ष कि थिइन् उनको परिवार ब्रिटेन गएका थिए । गत अगष्टमा उनी मिस इङ्ल्यान्ड भएकी थिइन् ।

सीएनएनलाई दिएको एक अन्तर्वार्तामा उनले आफू गएको हप्ता ब्रिटेन फर्किएको बताएकी छन् । मिस इङ्ल्यान्ड भएपछि उनी विश्वको विभिन्न ठाउँहरूमा सामाजिक सहायताका लागि भ्रमणमा थिइन् ।


मिस इङ्ल्यान्ड हुनु अघि उनी वास्टनको पिलग्रिम अस्पतालमा जूनीयर चिकित्सक थिइन् । उनी श्वास प्रश्वासको विशेषज्ञ हुन् ।

सो अन्तर्वार्ताको क्रममा उनले कोरोना संक्रमण फैलिरहेको अवस्थामा अस्पताल फर्कने निर्णय गरेको बताएकी छन् । उनले भनेकी छन्– ‘देशलाई मेरोे खाँचो छ ।’

उनले भनेकी छन्– ‘यो मेरो लागि कठिन निर्णय थियो । म अफ्रिका, टर्की गएको छु र भारत पहिलो एसियाली मुलुक हो जहाँ म भ्रमणमा गएको थिए । भारतपछि मलाई अरु देशको पनि भ्रमण गर्नुपर्ने थियो तर कोरोना भाइरसको कारण मलाई मेरो यात्रा बीचमा नै स्थगित गर्नुप¥यो । मलाई थाहा थियो कि मेरो लागि सबै भन्दा उत्तम ठाउँ अस्पताल हो ।

जब इङ्ल्यान्डमा कोरोना महामारी फैलिरहेको थियो तब मुखर्जी विश्वका विभिन्न देशहरूमा घुम्दै थिइन् । उनलाई लगातर उनको साथिहरूले सन्देशहरू पठाइरहेका थिए । र उनले आफूले पहिला काम गरेको अस्पतालमा सम्पर्क गरिन् र चिकित्सा पेशामा फर्कने इच्छा व्यक्त गरिन् ।

विदेशबाट आएकाले उनी हाल १५ दिनको क्वारेनटनइनमा छिन् । त्यसपछि उनी काम शुरु गर्न सक्छिन्।

प्रतिक्रिया दिनुहोस्