राहुल र सिम्पल अभिनित ‘पहिलो माया’ सार्वजनिक



काठमाडौं : शाहील खड्काको स्वर ,शब्द र संगीत रहेको नयाँ गीत ‘पहिलो माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतको म्युजिक भिडियोमा डान्सर तथा कोरियोग्राफर राहुल शाह र कोरियोग्राफर तथा मोडल सिम्पल खरेल फिचर्ड भएका छन् । डान्स बिटमा तयार गीतको भिडियोलाई नेपाल बाहिर बैंकक तथा थाईल्याण्डमा छायांकन गरिएको छ ।

यस म्युजिक भिडियोमा राहुल शाहको कोरियोग्राफी तथा निर्देशन र पवन सुस्लिङ्गको छायांकन तथा सम्पादन रहेको छ । मनोज बस्नेतको निर्माणमा तयार भएको भिडियोलाई एटके एभरेस्ट मोसन पिक्चर्स नामक यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्