काठमाडौंमा रोकिएकाहरु भोलि र पर्सि उपत्यकाबाहिर जान पाउने



काठमाडौं : काठमाडौंमा रोकिएकाहरु भोलि र पर्सि उपत्यकाबाहिर जान पाउने भएका छन् ।

बिहीबार बसेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको बैठकले उक्त निर्णय गरेको हो ।

लाखौं मानिसहरु लकडाउनका कारण काठमाडौंमा रोकिएका छन् । उनीहरु भोलि र पर्सि उपत्यका बाहिर जान दिइने भएको छ ।

उक्त बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो ।

चैत ११ गते आह्वान गरिएको लकडाउन लम्बिएपछि मानिसहरु हिँडेरै काठमाडौंबाट बाहिर जाने क्रम बढेपछि सरकारले यस्तो निर्णय लिएको हो ।

यसका साथै लकडाउन अझै लम्बिने सम्भावना भएकाले दैनिक उपभोग्य सामाग्रीको अभाव समेत हुने देखिएपछि सरकारले गाउँ फर्कन चाहानेहरुका लागि बाटो खुला गरेको हो ।

लामो दुरीको रुटमा सरक्षाकर्मीले स्कटिङ गरेर लैजानेछ भने छोटो दुरीको हकमा कसरी लैजाने भने गृहमन्त्रालयले योजना बनाउँदै गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्