गायक राजेश पायल राई कभर गीत गर्नेसँग आर्कोशमा



काठमाडौं : कोरोनाभाइरस संक्रमण फैलन नदिन यतिबेला देशभर लकडाउन छ । सर्वसाधारणदेखि सेलिब्रेटीहरु पनि निकै फुर्सदिला बनेका छन् । कोही फिल्म हेरेर, कोही किताब पढेर अनि कोही युट्युब हेरेर दिन विताईरहेका छन् । त्यस्तै लकडाउनको मौका छोपी गायक राजेश पायल राई यूट्युबमा ब्यस्त छन् ।

यूट्युब हेर्दै जादा आफ्नो गीतहरु कभर गीत भन्दै अरु च्यानलमा अप्लोड गरेको देखेपछि राई आक्रोशमा आएका छन् । उनले आफ्नो अफिसियल फेसबुक पेजमा एक स्टाटस लेख्दै सो गीतहरूलाई तत्काल हटाउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्