चलचित्र ‘प्रेम गीत ३’ टिमले गरे रगत दान



काठमाडौं : कोरोनाभाइरस संक्रमण फैलन नदिंन यतिबेला देशभर लकडाउन छ । लकडाउनका कारण देशभर रगतको चरम अभाव पनि हुँदै गएको छ । यसै कुरालाई मध्यनजर गर्दै बहुप्रतिक्षित चलचित्र “प्रेम गीत ३“ परिवारले रगत दान गरेका छन् ।

चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार टिमका मुख्य कलाकार प्रदिप खडका, क्रिस्टिना गुरुङ्ग, मनिष राउत, गायक प्रताप दास, चक्र बहादुर चन्द, सन्तोस सेन स्वयम गरि टिमका करिव ४० जनाले रगत दान गरेका छन् । भिड भाड् नगरी दुई दुई जना गरेर काठमाडौंको ग्रिनसिटी अस्पतालमा रक्तदान गरेका हुन् ।

चलचित्र’प्रेम गीत ३’ले देश लकडाउन हुनु भन्दा पहिले पनि पूर्वसुरक्षाका लागि करिव ३० जनाको समुहले काठमाडौंको कोटेश्वर, लगनखेल र गोंगबु लगाएतका क्षेत्रमा यात्रुहरुलाई निशुल्क रुपमा ११ हजार नागरिकलाई मास्क वितरण गरिसकेको छ ।

चलचित्रलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन् । चलचित्रमा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, मनिष राउत लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्