कमजोर मन्त्रिमण्डल कि कमजोर मानसिकता ?



काठमाडौं : लकडाउनको १७ औँ दिनमा केहीको अनुहारमा मुस्कान आयो । घर जना पाइने भयौं भनेर मनमा उत्सहा पनि थियो । कतिले त घरमा फोन गरेर म आउँछु है भोलि, समेत भन्नुभयो होला । कोही जाने तयारीमा सामान प्याक पनि गर्दै हुनुहुन्थ्यो होला । तर, त्यो उसाह र खुसी डेढ घण्टामै चक्नाचुर भयो ।

कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणका लागि नेपाल हाल लकडाउनमा छ ।

लकडाउनको आज १७ औं दिन । काठमाडौं उपत्यकामा अलपत्र परेकाहरूलाई उपत्यका बाहिर पठाइने भनेर समाचार सञ्चारमाध्यमहरुमा आयो । कसरी पठाउँने, कतिको संख्यामा पठाउने र कस्तो अवस्था भएकाहरूलाई पठाउने भनेर निर्णय हुन बाँकी नै थियो । तर, केही घण्टामा उक्त निर्णय रद्द भयो ।

एकातर्फ कोरोना सक्रमणको त्रास र अर्को तर्फ हिँडेर घर पुग्नुपर्ने बाध्यता । लकडाउनको कारण न त कुनै रोजगारी न सरकारको उचित राहत । यस्तो अवस्थामा कठमाडौंमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको लागि यो निर्णय उचित नै थियो । तर, प्रयाप्त अभ्यास र योजना नभएकाले सरकारको आफ्नो निर्णयबाट पन्छियोे । धैरेले सरकारले उल्टाएको निर्णयको समर्थन गरेका छन् भने केहीले सरकारको काम कारवाही प्रति प्रश्न उठाएका छन् ।

आफ्नो निर्णयबाट पछिहटेको यो सरकारको पहिलो रेर्कड भने होइन् । तर, यस्तो अवस्थामा सरकारले गरेको यस्तो निर्णयलाई नागरिकले अपरिपक निर्णयको संज्ञा दिएका छन् ।
निर्णय फिर्ता भएपछि सामजिक सञ्जाल प्रयोगकर्ता रोशन घर्तीले सरकारमा परिपक्ता कहिले आउँछ खै भनेर प्रश्न गरेका छन् ।

त्यसैगरी अर्को फेसबुक प्रयोगकर्ता प्रविन राईले लेखेका छन्– ‘यो सरकार पनि मुड चेञ्ज गरेजस्तो निर्णय परिवर्तन गर्छ त बाबै ।’

विनोद अधिकारी लेख्छन्– ‘लकडाउनको बेला पनि जान पाउने, आउन नपाउने हुन्छ र भन्या ? कुरो बुझिएन सरकार !!!’

दिनेश खड्काले ‘अप्रिल फुल’ भनेर लेखेका छन् ।

आशिष प्रताप मल्लले लेखेका छन्– ‘अप्रिल महिला जो चलिरहेको छ ! लकडाउनमा घरभित्रै बसेर बोर भएकाहरूलाई अप्रिल फुल बनाएर रमाइलो ग-या होलान् ।’

सरकारको निर्णयमा मात्रै बहस रोकिएन । गृह मन्त्रालयको प्रेस विज्ञप्तीले हलचल मच्चायो । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले काठमाडौं उपत्यकामा अलपत्र परेका नागरिकहरूलाई भोलि (शुक्रबार) र पर्सि (शनिबार) उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको भनी केहि समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको भनेर प्रेस विज्ञप्ती निकाले । । उनले कुनै पनि जानकारी नभएको भनेर विज्ञप्तिमा उल्लेख गरेका छन् ।

तर, यता प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयले लकडाउनका कारण काठमाडौं उपत्यकाबाट बहिरिन खोजेका सर्वसाधारणहरुलाई मध्यनजर गर्दै उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा आज (बिहीबार) बसेको उच्च स्तरीय समितिको बैठकले भोली र पर्सि काठमाडौं उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय गर्यो ।

त्यसपछि अपडेट भनेर स्थानिय तथा प्रदेश स्तरका सरकारहरूले मान्यता नदिएको हुनाले भोलि र पर्सि काठमाडौं उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय फिर्ता गरिएको भनेर भनेको छ ।

फेरी यता प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘लकडाउन भनेको लकडाउन नै हो । भोलि र पर्सि उपत्यका बाहिर जान पाइने भन्ने होइन् । समाचारको भ्रममा नपर्नुहोला’ भनेर लेखेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयको भनाइलाई उनले गलत समाचार भनेर भनेका छन् ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले उपत्यकामा अलपत्र नागरिक पुर्याउने कहीँ, कतै निर्णय नभएको दाबी गरेका छन् ।

समितिको हवाला दिँदै सबैतिर समाचार आएपछि पोखरेलले प्रष्ट पारे– ‘त्यो भ्रमपूर्ण समाचार हो । कहिँ, कतै निर्णय भएको छैन । केहि–केहि साथीहरूले कुरा उठाउनुभएको हो । त्यही आधारमा समाचार सम्प्रेषण भएछ । त्यसमा सत्यता छैन ।’

प्रधानमन्त्री कार्यालयले निर्णय भएको भनेर पुष्टि गरेको छ । ईश्वर पोखरेलले अलपत्र नागरिक पुर्याउने कहीँ, कतै निर्णय नभएको दाबी गरेका छन् भने गृहमन्त्रालले प्रधानमन्त्री कार्यलयको सूचनामाथि प्रश्न गरेको छ ।

गृह मन्त्रायका सहप्रवक्ताले द नेपालटपसँग कुरा गर्दै गृह मन्त्रालले पठाउने तयारी गरेको भनेर आएको समाचार प्रति ध्यानाकर्षण गरेको भनेर बताए ।

मन्त्रालयलाई कुनै पनि औपचारिक निर्णय नआएकाले प्रेस विज्ञप्ति जारी गरिएको उनको भनाई छ । गृह मन्त्रालयले कुनै पनि त्यस्तो कनै पनि तयारी गरेको थिएन । फोनहरू आउने क्रम जारी रह्यो त्यसेले गृह मन्त्रलयको तर्फबाट आफ्नो कुरा राखेको जानकारी दिए ।

तर, समाजिक सञ्जालमा यसबारे पनि टिकाटिप्पणी शुरु भएको छ ।

निरज अधिकारीले अरुले अफवाह फैलाउदा कारवाही हुन्छ । सरकारले अफवाह फैलाउदा के हुन्छ ? भनेर लेखेका छन् ।

त्यसैगरी प्रकाशले लेख्छन्– ‘सरकार मिडियालाई चिप्लयाउँदै छ कि मिडिया सरकारलाई ?’

प्रतिक्रिया दिनुहोस्