
काठमाडौं : नेकपाका वरिष्ठ नेता तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य माधवकुमार नेपालले काभ्रेको नागिडाँडामा आन्तरिक विमानस्थल बनाउने गरी सुरु भएको प्रक्रिया तत्काल बन्द गर्न सरकारलाई सुझाव दिएका छन्।
नेता नेपालको संयोजकत्वमा अन्तर्राष्ट्रिय सम्बन्ध समिलिते निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विषयमा अध्ययन गर्न उपसमिति समेत गठन गरेको थियो।
सोही उपमितिले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिसँग गरेको छलफलमा काभ्रेको नागिडाँडामा विमानस्थल नबाउन सुझाव दिएका हुन्।
‘कमिसनको खेलमा किन विमानस्थल बनाउने? यो कार्य तत्काल बन्द गर्नुपर्छ’, नेपालले भने,‘जसलाई जहाँ चाहियो त्यही विमानस्थल किन बनाउने?’
सरकार तथा मन्त्री फेरिए लगत्तै उनीहरुले जे भन्यो त्यहीअनुसार अध्ययनका नाममा किन करोडौं रुपैयाँ खर्च गर्ने परेको भन्दै नेपालले प्रश्न गरेको थिए।