दक्षिण कोरियाः निको भएका ९१ जना पुनःकोरोनाबाट संक्रमित



एजेन्सी– दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणबाट निको भएका ९१ जना पुनः संक्रमित भएको पुष्टि भएको छ । रोग नियन्त्रण र रोकथामका लागि कोरिया सेन्टरले उनीहरूमा कसरी संक्रमण पुनः देखियो स्पष्ट नभएको बताएका छन् ।

केन्द्रका निर्देशकले प्रेस सम्मेलनमा यी बिरामीहरूमा भाइरस पुनः सक्रिय भएको हुन सक्ने बताएका थिए ।

उहि समयमा केही अन्य विज्ञहरूले उनीहरूको परीक्षण राम्रोसँग नगरिएको बताएका छन् । यस सन्दर्भमा कस्तो निष्कर्षमा पुग्छ भन्ने सबैको चासोको विषय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्