अमर न्यौपानेको कथामा सर्ट फिल्म ‘देशमाथि’ सार्वजनिक



काठमाडौं– मदन पुरस्कार विजेता साहित्यकार अमर न्यौपानेको कथा रहेको सर्ट फिल्म ‘देशमाथि’ युट्युबमा सार्वजनिक भएको छ ।

यस सर्ट फिल्ममा विशाल ढकालको मुख्य भूमिका साथै भैरब रेग्मी, रामचन्द्र बाँस्तोला, पार्वती बाँस्तोला, संजय अग्रवाल, बेद पण्डित, बिष्णुबाबु देबकोटा र रामनगर माध्यमिक विद्यालयका विद्यार्थीहरुको पनि अभिनय रहेको छ ।

यस सर्ट फिल्मलाई दीपेश रेग्मीले निर्देशन र सम्पादन गरेका छन् भने छायांकन नेपाल र बेलायतमा गरिएको छ । नेपालमा मास्टर्स सकेर पनि आरक्षण र नातावाद र कृपावादको कारण उचित काम नपाएर विदेसिएको देशप्रेमी युवकको कथा उक्त सर्ट फिल्ममा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्