अभिनेत्री रीमा भन्छिन् ‘मैले कालो चिया बनाउन सिकेको हो, कालो बम हैन’



काठमाडौं– कोरोना संक्रमण फैलन नदिंन सरकारले यतिबेला देशभर लकडाउन गरेको छ । यस्तो अवस्थामा सर्व साधरणदेखि सेलिव्रेटीहरु पनि घरमै बसिरहेका छन् । यो लकडाउनको समयमा भने धेरै कलाकारहरु कुकिङमा रमाइरहेका छन् । कसैले परिवारका सदस्यबाट विभिन्न प्रकारका परिकार बनाउन सिकिरहेका छन् त कसैले युट्युब हेरेर सिकिरहेका छन् ।

त्यस्तै अभिनेत्री रीमा विश्वकर्मा पनि बल्ल कालो चिया बनाउन सिक्दैछिन् । यो कुरा केही दिन अघि सामाजिक सञ्जाल फेसबुकमा लाइभ कुराकानी गर्ने क्रममा उनले बताएकी हुन् । यस कुरालाई अहिले सामाजिक सञ्जालमा मजाकको विषय बनाइएको छ ।

भान्साका सामान्य आधारभूत कुराहरु जो कोहीलाई पनि थाहा हुन्छ भन्दै उनको आलोचना भएपछि अभिनेत्री रीमाले समाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो स्पष्टिकरण दिएकि छिन् । उनी लेख्छिन् ‘मैले कालो चिया बनाउन सिकेको हो, कालो बम हैन । कृपया यसलाई बम नबनाउनु होला’

प्रतिक्रिया दिनुहोस्