चाहत खन्ना र मिक्का सिंहसँगै, लेखिन्– ‘क्वारेनटाइन लव’



एजेन्सी– नायिका चाहत खन्ना आफ्नो व्यक्तिगत जीवनको कारण चर्चामा रहन्छिन् । एक पटक फेरी उनी चर्चामा आएकी छन् । उनले सामाजिक सञ्जालमा गायक मिक्का सिंहसँगको केही तस्वीरहरू सार्वजनिक गरेकी छन् ।

तस्वीरहरू शेयर गर्दे उनले #ट्वीनिङ वुइथ मिक्का सिंह #क्वारेन्टाइन लव #लव #चाहत खन्ना लेखेकी छन् । उनले पोष्ट गरेको तस्वीरमा मिक्का र चाहतको केमिस्ट्री देखिएको छ ।

चाहत खन्नाको तस्वरिहरू सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । साथै यी दुवैले एकअर्कलाई डेट गरिरहेको पनि प्रष्ट भएको छ ।

सामाजिक प्रयोगकर्ताहरू चाहतलाई यो कहिले भयो र कसरी भयो भनेर सोधिरहेका छन् । यस्तैमा केही उनीहरूलाई राम्रो जोडि पाि भनिरहेका छन् । एक प्रयोगकर्ताले उनीहरू एक अर्कोलाई डेट गरिरहेको हो भनेर पनि सोधेका छन् ।

तर सच्चाई भने अरु केही छ । एक समाचारका अनुसार चाहत र मिक्का सिंह एक म्यूजिक भिडियोमा सँगै देखिदैछन् । र गितको शिर्षक हो ‘क्वारेनटाइन लव’ ।

चाहतले एक अन्तर्वातामा मिक्का उनको छमेकी भएको बताएकी थिइन् । यस्तोमा यी दुबैले गितको शूटीङ घरमा नै गर्ने प्लान गरेका छन् । यसअघि चाहतले मिक्कासँग पियानो बजाउन सिकिरहेको तस्वीर शेयर गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्