गायिका नेहाले गरिन् बलिउडको यस्तो खुलासा



एजेन्सी– कुनै न कुनै कुराले सधै चर्चामा रहने बलिउड गायिका नेहा ककर फेरी चर्चामा छिन् । यो पटक नेहाले सिधा बलिउडलाई निशाना बनाएकी छन् । उनले एक न्युज पोर्टलसँग कुराकानी गर्दै बलिउडको भित्रि कुराको खुलासा गरेकी छन् । नेहाले बलिउडमा गित गाएको रकम नपाउने बताएकी हुन् ।

‘बलिउडमा गितको पैसा दिने गरिएको छैन । उनिहरूलाई लाग्छ कि हामीले कुनै सुपहिट गित दियौं भने हामी शोेहरूबाट नै पैसा कमाउन सक्छौं । लाइव कन्सर्टबाट म राम्रो आमदानी गर्न सक्छु जति बलिउडमा छैन्’– उनले भनेकी छन् ।

नेहाको यो भनाई कतिसम्म साँचो हो यो नेहालाई नै थाहा छ र बलिउडलाई । तर यो कुरा चाही प्रष्ट भएको छ कि गायक गायिकाको डिमाण शो र कन्सटमा धेरै नै छ । र उनीहरूको कमाई पनि राम्रो छ भन्ने आकंडा गर्न सकिन्छ ।

पछिल्लो दिनमा नेहा इडियल आइडलको होस्ट आदित्य नारायणसँगको विवाहको कुरालाई लिएर निकै चर्चामा रहिन् । तर त्यो केवल शो को टीआरपीको लागि गरिएको नाटक मात्र थियो ।

यसैबीच नेहा र आदित्यको भिडियो पनि रिलिज भएको थियो । ‘गोवा वाले बीच मे’ गितलाई र भिडियो सर्वाधिक रुचाइएको थियो ।

पछिल्लो समय नेहा हनी सिंहसँग काम गरिरहेकी छिन् । नेहा हनीसँग ‘माँस्को सुका’ भन्ने गितमा देखिनेछिन् । यो पञ्जाबी र रसियन मक्स गित हो ।

प्रतिक्रिया दिनुहोस्