आइएमई ग्रुपद्वारा ‘आइएमई पे’नयाँ वर्ष २०७७ को आयोजना गर्दै



काठमाडौं : आइएमई ग्रुपद्वारा प्रवद्धधित ‘आइएमई पे’ले नयाँ वर्ष २०७७ का अवसरमा सामाजिक सन्देशसहितको सांगितिक कार्यक्रम आयोजना गर्न लागेको छ । कार्यक्रम २०७६ सालको आन्तिम दिन अर्थात आज साँझ ६ बजेदेखि नौ बजेसम्म कम्पनीको आधिकारिक फेसबुक पेज र यूट्युव च्यानलमार्फत प्रत्यक्ष प्रसारण हुनेछ ।

कोरोनाभाइरसको संक्रमण फैलिन नदिन यतिबेला विश्वभर लकडाउन गरिएको छ । करिब तीन सातादेखि सर्वसाधारण घरबाट बाहिर निस्किन पाएका छैनन् । यस्तो समयमा नयाँ वर्ष मनाउन बाहिर जान नपाउने अवस्थालाई ध्यान दिँदै आम सेवाग्राहीहरुको मनोरञ्जनका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो ।

प्रत्यक्ष प्रसारणमा कलाकारहरू शिरीष दली र बर्तिका एअम राईले ‘घरमै सुरक्षित बसौँ’ भन्ने सामाजिक सन्देश सहितको सांगितिक कार्यक्रममार्फत नयाँ वर्ष २०७७ लाई स्वागत गर्नेछन् भने मिस नेपाल २०१७ निकिता चन्दकले केहि दर्शकहरुसँग वार्तालाप गरी सामाजिक सन्देशको प्रवद्धन गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्